जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेश प्रमुखको रुपमा राजेश झा आए देखि नै प्रदेशमा विवाद सुरु भएको छ । प्रदेश प्रमुखमा झालाई नियुक्त गरेपछि विरोधमा रहेका प्रदेश सरकारका मन्त्रीहरु अहिले खुलेयाम रुपमा उनको विरुद्धमा आप्mनो धारणाहरु राख्न थालेका छन । तीनवर्ष भित्र प्रदेश नम्बर २ मा दुई जना प्रदेश प्रमुख फेरिनुका साथै तेस्रो प्रदेश प्रमुखको रुपमा रौतहटका राजेश झा हिराजले पदभार ग्रहण गरेका छन् । संघीयता बिरोधी भनेर चिनिनुका साथै प्रदेश सरकारको कुनै आवश्यकता नरहेको टिप्पणी गर्दै गर्दै आएका अहिराजको नियुक्तिपछि प्रदेश प्रमुख र प्रदेश सरकारबीच झनै दुरी बढ्ने देखिएको छ ।

झा विरुद्धमा मन्त्रीहरुले मोर्चाबन्दी नै कसेका छन । बिगतमा प्रदेश सरकार रसंघीयता बिरोधी भनेर चिनिएका प्रदेश प्रमुख अहिराजलाई एक सय १ किलो फुलको माला लगाएर समर्थकले जनकपुर विमान स्थलमा स्वागत गरेपनि मुख्यमन्त्री लालबाबु राउतलगायत ६ जना मन्त्री मध्ये कुनै पनि मन्त्रीको उपस्थिति देखिएन । यस अघिका प्रदेश प्रमुख तिलक परियारलाई मुख्यमन्त्री राउत आफै स्वागतकालागि विमान स्थल पुगेपनि अहिराजलाई भने प्रदेश  रकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहबाट स्वागत गर्न लगाई प्रदेश सरकारले औपचारिकता मात्र निर्वाह गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिल तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रीहरु अनुपस्थित रहेको कारणले स्वागतमा नगएको तर झाले प्रदेश सरकारसंग सहयोग लिने चाहे वा नचाहेको बताए । झा आएको विहान नै मुख्य मन्त्री लालबाबु राउत भेटेर शुभकामना दिएका थिए । तर अहिले मन्त्री उनि विरुद्ध खुलेर लागेका छन । संसद पुर्नस्थापना भएपछि अहिले झालाई फिर्ता पठाउनुपर्ने तर्क समेत प्रदेश नम्बर २ मा सत्तामा रहेको जसपाका नेताहरुले बताइरहेका छन । प्रदेश नम्बर २ भुमिव्यवस्था कृषि सहकारी राज्यमन्त्री एवं जसपा निकट युवा संगठनका अध्यक्ष योगेन्द्र राययादवले सामाजिक संजालमा प्रदेश प्रमुख झा अवैधानिक गतिविधिमा लिप्त रहेको आरोप लगाएका छन ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन सर्वोच्च अदालतको फैसलाका मुख्य अंश मध्ये पुस ५ गते पछिका राजनीती नियुक्ति स्वतः बदर हुन गएकाले प्रदेश प्रमुख राजेश झा अहिराजको अवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघले जोडदार माग गर्दछ । साथै सरकारको कार्यकारी प्रमुख जस्तै मंत्रालयका बहालवाला सचिव लगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको बिरोधमा समेत प्रदेश प्रमुखले निर्देशन जारी गर्नु समेत आपतिजनक रहेको छ । दुई प्रदेश प्रमुख विवाद मै संघीयता आए देखि प्रदेश नम्बर २ मा प्रदेश प्रमुखको रुपमा पहिलो पटक रत्नेश्वर लाल कायस्त आएका थिए ।

तत्कालिन समाजवादी पार्टीकै नेता रहेका र पुर्व कर्मचारीबाट आएको कारणले उनि र यहाँको सरकार बिचमा समेत सम्बन्ध निकै सुमधुर नै रहेको थियो । त्यसपछि सरकारले उनलाई हटाएर तत्कालिन माओवादी पृष्ठभुमिका तिलक परियारलाई प्रदेश प्रमुखको रुपमा पठाएको थियो । उनि निकै शालिन रहे पनि उनका सचिवालयमा रहेका कर्मचारीहरुको कारणले परियार निकै आलोचित बन्दै आएका थिए । विशेष गरेर उहाँका सचिवालयमा रहेका अनिल पासमानको कारणले पटक पटक परियार विवादमा तानिदै आएका थिए । पासमानले सामाजिक संजालमा अधिकांस टिका टिप्पणी गर्ने निहुँ खोजे झै व्यवहार प्रदर्शन गर्दै आएका थिए ।

पासमानले तिलक परियार हटाइएको केही दिन पुर्व रेल्वेका महाप्रबन्धक गुरु भट्टराईलाई फोनमा नै तथानाम गाली गरेका थिए । दुवै जनाले फोनमा नै निकै असभ्य र अमर्यादित शब्दमा गालीगलौज गरेका थिए । त्यसको अडियो नै बाहिरिएको थियो । त्यसपछि परियारलाई परिवर्तन गरेर सरकारले झालाई प्रदेश प्रमुखको रुपमा ल्याएको छ ।

२०७७ फाल्गुन १७, सोमबार ११:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय