काठमाडौं : अहिले नेकपामा धेरै चलेकै सांसदहरुको हिसाबकिताब हो । प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा वाक्य छुटाएनन्–संसदमा हर्स–ट्रेडिङ अर्थात सांसदको किनबेच सुरु हुन्छ ।

उनले संसदको फोहोरी खेल २०५१ देखि मुलुकको नयाँ संविधान बन्नुअघिसम्को स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आएका छन् ।
आजको कान्तिपुर दैनिक लेख्छ–प्रतिनिधिसभा पुनःस्थापना भएपछि सबैभन्दा पहिले नेकपाको संसदीय दलमा नै सांसदहरुको तानातान सुरु भएको छ ।

प्रचण्ड–नेपाल तर्फबाट फोन गर्ने नेताहरुले सरकार बनेपछि मन्त्री बनाउने भन्दै आश्वासन दिने गरेका छन् । यस्तै ओलीका तर्फबाट फोन गर्ने नेताहरुले भने मन्त्री र पैसामध्ये एउटा रोजेर लिन प्रस्ताव गर्ने गरेको सांसदहरु नै बताउँछन् ।

२०७७ फाल्गुन १८, मंगलवार ०८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय