महोत्तरी : दाइजो प्रथालाई निरुत्साहित गर्न सामुहिक विवाह अन्तर्गत योजना पिपरा गाउँपालिकाले ल्याएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकाले दाइजो प्रथालाई निरुत्साहित गर्न सामूहिक विवाह योजना अन्तर्गत कन्यादान कार्यक्रम समपन्न भएको हो ।पिपरा गाउँपालिका अध्यक्ष कन्यादान कार्यक्रम अन्तर्गत सोमवार मैथिली परम्परा अनुसार सात जोडीलाई विवाह गराएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित आयोजित विवाह कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका ७ जोडीको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिए । उनका अनुसार कन्यादान कार्यक्रममा बर बधुको उमेर विवाह योग्य रहे नरहेको खयाल समेत गरिएको थियो । कन्यादान भने गाउँपालिका अध्यक्ष चौधरीले गरेका थिए ।

दाइजोप्रथाका कारण सवैभन्दा बढी पीडित आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्नहरुका लागि कन्यादान योजना ल्याइएको बताए । उनले यो कार्यक्रमलाई आफूले निरन्तरता दिने बताए । उनले भने ‘यस वर्ष ७ जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।’


सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । विवाह पछि विदाई दिइने सामानहरु सुन चाँदी, दराज, पलंग लगायतका सामानहरु समेत दिइएको उनले बताइन् ।
यस अघि वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर विधि समेत सम्पन्न भएको थियो । पिपरा गाउँपालिकाले दाइजो उन्मूलनका लागि ल्याएको यस कार्यक्रमबाट स्थानीयवासी समेत खुशी देखिएका थिए ।

बर र बधु पक्षलाई हाम्रो मिथिलामा दिने गरेको दही, च्युरा, लड्डु, लत्ता कपडा, सुनचांदी, दराज लगायतका सरसमान दिएको गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले बताए ।

दाइजोको कारण आफ्नो छोरीको विवाह गर्न नसक्ने गरिव परिवारहरुको लागी गाउँपालिकाबाटै छोरी विवाह गरिदिने भएपछि गाउँपालिकाबासीहरु खुशी व्यक्त गरेका छन । गाउँपालिकाबाटै सामुहिक विवाह आयोजन गरी, विपन्न तथा दाइजो नदिई विवाह गर्ने छोरीहरुलाई विवाह गरिदिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष विक्रम चोधरीले बताएका छन् ।

हाम्रो समाजमा अहिले पनि दाइजोप्रथाका कारण सबभन्दा बढि गरिब तथा विपन्न परिवारहरु परिरहेकोले यस्ता कार्यक्रम ल्याएको अध्यक्ष चोधरीले भने । उनले दाइजोको कारण हाम्रो समाजमा छोरीको विवाह नहुने, विवाह गर्न नसक्ने क्षमता नहुने भएका कारणले गाउँपालिकामा कन्यादान नीति ल्याएको हो बताउँदैं यस्ता घरपरिवारका छोरीहरुलाई सामुहिक विवाह गरी सम्पूर्ण खर्च व्यहोर्ने छौं । कन्यादान कार्यक्रम संगै गाउँपालिकाको भौतिक विकास,कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता राखेको हो । विवाहको लागी पिपरा गाउँपालिका स्थित श्री रा.ना.उ.मा.विलाई भव्य रुपमा पंडालसहित सजाइएको थियो ।

२०७७ फाल्गुन १९, बुधबार ०६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय