
काठमाडौं : म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार एकै दिन ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारीको मृत्यु भइसकेको पनि बीबीसीले जनाएको छ । म्यानमारको गत १ फेब्रुअरीमा सेनाले शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरपछि त्यहाँका जनता निरन्तर आन्दोलित छन् ।
सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।
सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।