धरान : सुनसरीको धरान उपमहानगरपालिका–८ की २० वर्षीया कविता श्रेष्ठ बेपत्ता भएकी छन् । फागुन ४ गते दिउँसो साथीको घर जान्छु भनेर घरबाट निस्किएकी उनी अहिलेसम्म नफर्किएको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।

स्थानीय सहिद स्मृति माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कविता बेपत्ता भएपछि विद्यालय परिवारसमेत पीडामा छन्। सरस्वती पुजाको दिन विद्यालय आएर घर फर्किएकी उनी भोलीपल्टदेखि विद्यालय नआएको प्रध्यानध्यापक रामबहादुर विष्टले बताए ।

धेरै समयसम्म घर नफर्किएपछि इलाका प्रहरी कार्यालय धरानमासमेत निवेदन दिएको कविताकी ठुलीआमा मैया श्रेष्ठले बताइन्। उनले कविताको अवस्था हालसम्म पत्ता नलागेकाले कसैले अपहरण गरी बेपत्ता बनाएको हुनसक्ने आशंका गरेकी छन्। विद्यालयमै अध्ययनरत साथीसँग धरान १५ को महादेव चोक र बगरकोटमा देखिएकी उनी अहिलेसम्म कहाँ गइन भनेर एकिन हुन सकेको छैन् ।

परिवारले उनका साथीलाई समेत अनुसन्धानको दायरामा ल्याएर कविताको खोजी गरिदिन प्रहरी समक्ष अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले कविताको खोजीका लागि प्रहरी परिचालन गरेको बताए ।

२०७७ फाल्गुन २०, बिहीबार १६:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय