
काठमाडौं : सरकारले आज (आइतबार)बाट देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दैछ ।
६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए ।