सप्तरी : सप्तरीको राजविराजबाट कटुवा पेस्तोल सहित २ युवक प्रहरीको फन्दामा परेका छन् । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न.–७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साहलाई पक्रेर जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सप्तरीको राजबिराज नगरपालिका वडा न.–६ मेहतर टोलबाट कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित २ जनालाई शनिबार दिउँसो समातेको थियो ।

बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ फाल्गुन २३, आईतवार २०:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय