
एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ को फराकिलो अन्तरले जितेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई दुई गोल गरे । क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।
जितसँगै टोटेनहम २७ खेलमा ४५ अंकसहित छैटौँ स्थानमा रहेको छ । क्रिस्टल ३४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।