वीरगञ्ज : वीरगञ्जको एक गोदाममा काम गर्दै आएका मजदुर गोदामभित्रै मृत भेटिएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा रहेको गोदाममा सोही टोलका ६० वर्षका रामानन्द साह मृत अवस्थामा फेला परेका हुन्। मंगलबार साँझ साह मृत अवस्थामा गोदाम भित्रै फेला परेको प्रहरीले जनाएको छ।

गोदाम भित्रै मजदुरको मृत्यु भएपछि ठेकेदार भने फरार भएका छन्। गोदामभित्रै मजदुरको मृत्यु भएपछि उधोगका ठेकेदार भागेको वडा नम्बर ३० का वडाअध्यक्ष अमानत अन्सारीले बताए।

साहको शव परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए।

२०७७ फाल्गुन २६, बुधबार ०९:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय