
काठामाडौं : राष्ट्रिय जनता पार्टी नेपाल निकट पत्रकार सङ्गठन प्रेस मंच नेपाल र समाजवादी पार्टी नेपाल निकट पत्रकार सङ्गठन प्रेस नेपाल समायोजन भएर बनेको प्रेस मञ्च नेपाल सङ्गठनले अकोराबको चुनावमा ऐतिहासिक जित हासिल गरेको छ ।
काठमाडौंमा सम्पन्न भएको सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को पन्ध्रौं साधारण सभा तथा सातौं अधिवेशनले प्रेस मंच नेपालबाट ८ जना विजयी भएका छन् ।
प्रेस मंच नेपालबाट विजयी हुनेमा केन्द्रिय उपाध्यक्षमा निमेष कर्ण, केन्द्रिय सचिवमा सुदर्शन खतिवडा, केन्द्रिय सदस्यमा नवीन नरसिंह र धुवराज ढकाल, लेखा समिति सदस्यमा प्रह्लाद पोखरेल, प्रदेश अध्यक्षमा मनोज यादव, प्रदेश उपाध्यक्षमा उपासना तिवारी र प्रदेश सदस्यमा नागेन्द्र कुमार यादव रहेका छन् ।
त्यस्तै अध्यक्षमा अर्जुन गिरी गरी ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
गत फाल्गुन २२ गते प्रेस नेपालको तर्फबाट अध्यक्ष केशव अर्याल र प्रेस मंच नेपालको तर्फबाट उपाध्यक्ष बिन्द किशोर साह ( किशोर गुरु )को नेतृत्वमा प्रेस मंच नेपाल समायोजन भएको थियो ।