काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । आज साँझ पाँच बजे जसपा नेपालका नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।

भेटमा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो जाने बुझिएको छ । यसअघि, जसपा नेपालका नेताहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

जसपाका नेताहरुले मुद्दाको आधारमा सहकार्य गर्ने बताउँदै आएका छन् । दाहालसँगको भेटमा पनि उनीहरुले आफूहरुको मुद्दा सम्बोधन भएमात्रै सरकारमा सहकार्य गर्ने बताएका छन् ।

२०७७ फाल्गुन २७, बिहीबार १६:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय