वीरगन्ज : वीरगञ्जलाई व्यवस्थित गर्न सडक पेटिका अतिक्रमण गरेर व्यापार व्यवसाय गर्दै आएकाहरुको सरसमान हटाइएको र अटेर गरेका ब्यापारी को समान नियन्त्रण लिएको छ ।

ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाई तथा फोहोर व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय पर्साले एक तदर्थ समिति गठन गरी उक्त अभियान सञ्चालन गरेको हो ।

उक्त समितिको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, वीरगञ्जमा रहेका सामुदायिक सेवा केन्द्र र विभिन्न संघ संस्थाको सहयोगमा सडक पेटीका अतिक्रमण गरी व्यापार व्यवसाय गर्दै व्यवसायीहरुले सामान हटाउन अटेर गरेपछि उनीहरुको सरसामान नियन्त्रणमा लिएको थियो ।

सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफको अगुवाईमा बुधबार घण्टाघरदेखि मिनाबजार माइस्थानको सडक अतिक्रमण गरी राखिएका स–साना पसल, ठेलागाडीहरु हटाइएको थियो ।

सडक पेटीकाहरु अतिक्रमण गरी व्यवसाय गर्दै आएकाले मानिसहरुलाई आवत–जावत गर्न तथा सवारी चालकहरुलाई सवारी चलाउन समस्या हुने गरेकोले उक्त स्थानका सडक सुचारु गर्न सडक पेटीकामा राखी बिक्री वितरण गर्दै आएका तरकारी विभिन्न किराना सर समान हटाइएको र अटेर गरेकाहरुको समानहरु नियन्त्रणमा समेत लिइ वीरगञ्ज महानगरपालिकामा बुझाइएको अध्यक्ष राम सर्राफले बताए ।

उनले भने ‘यसरी सडक अतिक्रमण गरी व्यापार व्यवसाय गर्नाले महानगर भएतापनि सडक साँघुरोको कारण सवारी जाम हुने, समय–समयमा विभिन्न दुर्घटनाहरु समेत हुने गरेकोले सो स–साना पसल, ठेलागाडी हटाउन पर्सा ट्राफिकले सडक पेटीमा जथाभावी व्यापार ब्यवसाय नगर्नु नगराउनु भनी केही दिन अगाडी प्रचार प्रसार, माइकिङ्ग, तथा पटक–पटक सम्झाउँदा बुझाउँदा समेत अटेर गरी नहटाएपछि बाध्य भएर हटाउनु परेको र केही सामानहरु आफ्नो नियन्त्रणमा समेत लिइएको छ ।’

बटुवा र सवारी चालकलाई अप्ठ्यारो हुने गरि सडक पेटीका मिचिने कार्य भएपछि अभियानलाई निरन्तरता दिइ सडक पेटीमा व्यवसाय गर्दै आएकाहरुको सामान हटाउने कार्य शुरु गरिएको सर्राफले बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह, पर्सा ट्राफिक प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा, जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

२०७७ फाल्गुन २७, बिहीबार २१:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय