काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ। २४ घन्टामा २५ सय १२ स्वाब नमूना परीक्षण गराउँदा ४८ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै शुक्रबार थप ६१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।

देशभर ९२९ जना सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छ।

यस्तै अहिले ५१ जना क्वारेन्टिन र ९२९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

२०७७ फाल्गुन २८, शुक्रबार २१:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय