वीरगञ्ज : लागुऔषधसहित रौतहटबाट प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाही दरवन्दी भई ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैंडाटार वस्ने ३२ बर्षका कमल धामी र सोही स्थानका ३० बर्षका राजु कुमार रहेको प्रहरीले जनाएको छ ।

सुराकीको आधारमा रौतहट प्रहरीले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकमा चेकजाँच गर्नेक्रममा दुबै जनालाई पक्राउ गरेको हो।

प्रहरी जवान धामीले चलाई आएको ना. ५८ प ९५४८ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकलको पछाडि बसेका कुमरले हातले समातेर राखेको झोलाभित्रबाट ९ सय पिस लागुऔषध निट्राजेपाम टयाब्लेट बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

हिरासतमा राखेर दुबैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

२०७७ फाल्गुन २८, शुक्रबार १८:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय