जनकपुरधाम :  २०७७ फाल्गुन १ गते जनकपुरधाम उप-महानगरपालिका ७ ज्ञानकूप स्थित साईकल लिएर खेल्न हिडेकी बालिका साँझ घर फर्किनन् । खेल्ने क्रममा साईकल हराएकी बालिका आमा-बुवाको डरले घर नपुगी खेलिरहेको स्थानबाट नजिकै निमाणर्ाधिन सुनसान भवनमा पुगिन । घरमा झयाल, ढोका केही थिएन् । त्यही मौका छोपी रातमा एक युवकले उनलाई जबरजस्ती बलत्कार गरे । बलत्कारपछि बेहोस् भएकी बालिका बिहान रुदैकराउँदै घर पुगिन् । त्यसपछि घटना बाहिर आएपछि युवकलाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेको युवकको साथबाट हराएको साईकल समेत बरामद भयो ।

धनुषाको लक्ष्मिनिया गाउँपालिका स्थित एक १३ वर्षिया बालिकाको अस्वभाविक दिन प्रतिदिन पेट बढ्दै गएपछि गर्भ छ की भन्ने शंकाको आधारमा स्थानीयहरुको उजूरीको आधारमा अधिकारकर्मीहरुले प्रहरीको सहयोगमा बालिका उद्धार गर्‍यो । प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा बलात्कार गर्ने शम्भु भनिने ओमनारायण यादव र सघाउने आरोपमा महिला मुस्कान खातुनलाई पक्राउ गरिएको छ । बालिकालाई गत अषाढ देखि पटक-पटक जबरजस्ती करणीको आरोपमा दुवै जनालाई पक्राउ गरिएको र थप एक अभियुक्त फरार रहेको धनुषाका प्रहरी उपरीक्षक एसपी प्रकाश रानाभाटले जानकारी दिए । मुस्कान खातुनले पीडितकै घरमा डेरागरी बस्ने यौन कार्यबाट ग्राहकबाट ५ सय लिने र २ सय रुपैयाँ प्रतिव्यक्ति आफु राख्ने गरेको अनुसन्धानबाट पत्ता लाग्यो । गत अषाढ देखि कात्र्तिक सम्म यादवसँग पैसा लिएर जबरजस्ती करणी गर्न लगाएको र सोही क्रममा बालिका गर्भवती भइन् ।

गत अषाढमा धनुषाकै जनकपुरधाम उप-महानगरपालिका २१ कुर्थाकी कञ्चन कुमारी पजियारको बलत्कारपछि हत्या भयो । घटनामा बालिकाले भैसी चराउन गएको बेला आँप दिन्छु भनि प्रलोभन देखाएर बगैंचाको एकान्त कुनामा लगेर बलत्कार गरेको देखियो । बलत्कारपछि हत्या गरेर शवलाई लुकाई भोली ब्लयाङकेटमा बेरी शव दुधमति नदी किनारमा झाडीमा फालेको देखियो । घटनामा अभियुक्त भारतीय नागरिक दिपु सिंह पक्राउ परिसकेका छन् ।

बलात्कारबाट गर्भवती भएकी १३ वर्षिय छोरीलाई सानिमाको घर जाने भन्दै बिराटनगरमा एक्लै छाडेर वेपत्ता भए । २९ माघमा भारत बिहार राज्य अन्तर्गत सितामढीका नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर पुर्‍याएर भागेको थियो ।
एबीसी नेपालको संरक्षणमा बिरामी परेकी बालिकालाई कोसी अस्पतालमा जाँच गराउदा सात महिनाको गर्भ रहेको खुलेको थियो । ‘छोरी गर्भवती रहेको थाहा पाएपछि बुबाले सानिमाको घर जाने भन्दै विराटनगर ल्याएर छाडेछन’ आरेक धनुषाकी प्रमुख रोजलिङ्ग बच्छारले भनिन् । गर्भ देखिएपछि सोधीखोजी गर्दा उनलाई आफ्नै भाउजूका भाइले करणी गरेको खुलेकोे छ । ‘भाउजुका भाइले करणी गर्दा गर्भ रहेको रहेछ’ उनले भने ‘इज्जत जाने डरले बुबाले नेपालमा ल्याएर छाडिदिए । एकसाता बढीदेखि मोरङ्ग र धनुषा प्रहरी कार्यालयसँगको समन्वयमा हामीले राखिरहेका छौं ।’

बलत्कार र बलत्कारपछि जघन्य अपराधको यी त केबल केही दृष्तान्ट मात्र हुन् । त्यसमाथि पनि स-साना खेल्ने-कुद्ने उमेरका अबोध बालिकामाथि हुने क्रुर हिंसा बढी देखिन्छ । यस्ता निर्दयी कृतइ किन गर्छन होला, यो एउटा अनुसन्धानको पाटो नै हो । जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार धनुषामा मात्रै आर्थिक वर्ष २०७७/०७८ को आठ महिनामा ७७ वटा बिभिन्न जबरजस्ती करणी प्रकृतिका घटनालाई छ । जसमध्ये ३४ जना बालबालिकाहरु हिंसाको शिकार भएको छ । महिला हिंसाको घटनाला तथा बलत्कारलाई बिभिन्न ६ श्रेणीमा विभाजन गरीको छ । जसअन्तर्गत बलत्कार, मानव बेचबिखन गरी बलत्कार, अपहरण गरी बलत्कार, बलत्कार गरी हत्या, बलत्कार गरी ज्यन मार्ने प्रयास, बालबिवाह छन् ।

बलत्कारको घटनाको मुद्दामा अधिकांस आफ्नै चिनजान र आफन्तले नै प्रलोभन, डर धम्की, त्रास देखाउने गरेको देखिन्छ । बालबालिकाहरु त झन आफन्तबाटै बलत्कारको सिकार भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्याङक अनुसार आर्थिक वर्ष ०७५/०७६ मा १ सय २४ महिला बलात्कार तथा बलत्कारको प्रयासमा मध्ये ५१ जना बालबालिका शिकार भएकी घटना दर्ता भएको छ । अर्को वर्ष ०७६/०७७ मा १ सय ६ जनामा झण्डै आधा संख्यामा १८ वर्ष मुनिका बालबालिकाहरु क्रुर हिंसाको सिकार भएको छ ।

धनुषाका प्रहरी नायव उपरिक्षक प्रकाश रानाभाटले बलत्कारबाट जागिन आफै सचेत हुनुपर्ने बताउँदै परिवारका सदस्य चनाखो हुनुपर्ने भनाई छ । ‘स-साना नानीहरुलाई कस्ले कहाँ छुदा के हुन्छ भन्ने कुरा के थाहा, उनीहरुलाई त माया गरेको लाग्छ, तर मानिसको मनसाय त अर्कै हुन्छ, त्यसैले कसैसंग व्यवहार गर्दा, एकान्त स्थानमा हिड्दा होस् वा आफु नजिक बस्ने व्यक्तिको व्यवहार मुल्याङकन जरुरी हुन्छ । पहिला आफै सुरक्षित हुनुपर्छ, अनि परिवार, त्यो संगसंगै कतिपय अवस्थामा परिवारबाटै यौन दुव्र्यवहारको घटना भए परिवारका अन्य सदस्य वा नजिकैको प्रहरीमा भन्ने हिम्मत राख्नुपर्छ । यौन हिंसा जति लुकायो त्ययति डरलाग्दो हुदै जाने भएकोले यसलाई बेलैमा निदान गर्नुपर्छ ।’ प्रहरी उपरिक्षक रानाभाटले अन्नपूणर्संग भने ।

डरलाग्दो तथ्याङक
प्रदेश २ मा विगत तीन वर्षको तथ्याङक केलाउने हो भने, आर्थिक वर्ष २०७५/०७६ देखि हाल सम्म ७ सय ३१ जना बलात्कृत भएका छन् । जसमध्ये अधिकांस १८ वर्ष मुनिका बालबालिका रहेका छन् । जसमध्ये आर्थिक वर्ष २०७४/०७५ मा ३ सय ६४ बाट बढेर आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ४७ बिभिन्न प्रकारको बालहिंसाका घटना मात्र भएका छन् ।

०७४/०७५ मा बलात्कृत बालिकाको संख्या ८२ बाट बढेर ०७५/०७६ मा बढेर १ सय ५५ पुगेको छ । ०७६/०७७ र ०७७/०७८ को तथ्याङक हेर्ने हो भने झण्डै २ सय बालबालिकाको बलत्कार र बलत्कारपछि हत्या भएको छ ।

ओरेक धनुषाकी प्रमुख रोजलिङ्ग बच्छारले बलात्कार जस्तो गम्भीर अपराधमा बालबालिका वा महिलालाई शारीरिक पीडा मात्रै नभएर मानसिक र संवेदनात्मक पीडा दिनुका साथै उसको चरित्रमाथि पनि ठूलो प्रश्न चिह्न खडा गरिदिन्छ । उनले भनिन, ‘भलै उसको केही गल्ती छैन । उसमाथि अन्याय भएको किन नहोस् । तर दोष पीडितको दैनिक जीवनमा मात्र नभएर परिवारमै पनि गहिरो प्रभाव पर्छ ।’
नाबालिका देखि ७०-८० वर्षीया वृद्धा हजुरआमा समेत बलात्कार अनि यौनजन्य हिंसाको शिकार भएको छ । यौनजन्य दुव्र्यवहार गर्नेहरुमा अधिकांश आफन्त, नातेदार अन्य चिनेजानेकैबाट हुने गरेको छ । यौनजन्य दुव्र्यहारको निशानामा नाबालिका, बालिका र किशोरीहरु पर्ने गरेको मानव अधिकार आयोग प्रादेशिक कार्यालय जनकपुर प्रमुख बिर बहादुर मगरले बताए । ‘पछिल्लो समय जबरजस्ती करणीका घटना बढेको छ ।

बलात्कार विरुद्ध कठोर कानुनी कारबाही गर्नुपर्ने माग उठछ, राजनीतिक दल, सामाजिक अभियान्ता हुँदै सञ्चारमाध्यम, सामाजिक सञ्जाल सम्म आउँछ । तर अपराधमा सार्वजनिक पद धारण गरेका देखि ‘प्रतिष्ठा’ आर्जन गरेका व्यक्ति मुछिएपछि सार्वजनिक धारणा र बहस पनि विभाजित हुने गरेका उदाहरण हामीसँग छ’ उनले भने ।

२०७७ फाल्गुन २८, शुक्रबार १८:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय