बझाङ : बझाङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बझाङ जिल्लाको बुङगल नगरपालिकामा छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरिएको हो ।

बुङगल नगरपालिकाकाका ४४ बर्षिया पुरुषलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

उनले फागुन २२ गते राती आफ्नै कोठामा सुतिरहेकी १३ बर्षीया छोरीलाई बलात्कार गरेका थिए । बालिकाकी आमाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

आज जिल्ला प्रहरी कार्यालय बझाङमा पत्रकार सम्मेलन गरेर बलात्कार आरोपी बुबालाई सार्वजनिक गरेको छ ।

आरोपितलाई जवरजस्ती करणी कसुर अन्तरगत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले जानकारी दिए ।

२०७७ फाल्गुन २९, शनिबार १०:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय