
सप्तरी : अखिल मधेशी दलित अभियानले दलित जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।
सप्तरीको भारदहमा पत्रकार सम्मेलन गर्दै अखिल मधेसी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले अझै मुलुकमा दलितमाथिको उत्पीडन अन्त्य नभएकाले अभियान सञ्चालन गर्ने बताए ।
‘मधेसी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन, दमन तथा राजनीतिक बहिष्करणको सिकार हुँदै आएकोले संवेदनशील अवस्थालाई चिरफार गर्न जरूरी छ,’ खंगले भने, ‘मधेसी दलितहरुको अधिकार प्राप्तीका लागि निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्छौ ।’