
रौतहट : प्रहरीले रौतहटमा अवैध अफिम खेती नष्ट गरेको छ । मौलापुर नगरपालिका–७ सबैया पिपरियाको अलग – अलग स्थानमा एक बिगाहा खेतमा लगाइएका अफिमका बिरुवाहरु शनिबार प्रहरीले निर्णय गरेको हो ।
कानुनले बन्देज गरेको अवैध लागूऔषध अफिमको खेतीको बारेमा जानकारी आएपछि प्रहरीले बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
बजार मूल्य अत्याधिक भएकाले अफिम खेती ग्रामीण भेगका केही किसानले लुकिछिपी गर्दै अाएका छन् ।