
जनकपुरधाम : बीबीसी मास्टर सेफ सन्तोष साहलाई जनकपुरधाममा ५१ किलोको माला लगाएर सम्मान गरिएको छ ।
साहलाई उनकै बालसखा तथा जनकपुर उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहको टोलीले सम्मान जनकपुर विमानस्थलमा ५१ किलोको माला लगाएर स्वागत गर्दै सम्मान गरेको हो ।
जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए । साहले देशको नाम चम्काएको खुसीमा युवाहरुले विमानस्थलमै केकसमेत काटेका थिए । साहलाई लिन उनकी आमासहित दाजु-भाउजू जनकपुरधाम विमानस्थल पुगेका थिए ।