काठमाडौं : बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार नेपाल आएका छन् । बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएका उक्त टोलीले विश्वको सर्वोच्च शिखर‘सगरमाथा’ को आरोहण गर्ने जनाइएको छ ।

गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएका उक्त टोलीले यसपटक भने सगरमाथाको आरोहण गर्न लागेका हुन् । १३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोहणसहित नेपालको केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ ।

सो अवसरमा टोलीले गोरखाको जिल्लाको चुमनुब्री गाउँपालिकास्थित समा गाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप निःशुल्क प्रदान गर्नेछन् । यो टोली न्यूनतम ८० दिन नेपालमा रहनेछ । कुनै पनि देशका राज परिवारले सगरमाथा आरोहण गर्न लागेको यो पहिलो पटक हो।

 

२०७७ चैत्र ३, मंगलवार ०८:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय