बारा : बारामा महिलामाथि हुने घरेलु हिंसा दिनप्रति दिन बढदै गएको छ । जिल्लामा यस आर्थिक वर्षको फाल्गुन महिना सम्ममा मात्रै ४ सय ३४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको पाईएको हो ।

१६ वटा स्थानीय तह रहेको यस जिल्लामा कलैया उपमहानगरपालिका , देवताल र सुवर्ण गाउँपालिकाका घरेलु हिंसाका धेरै उजुरी देखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घरेलु हिंसामा दर्ता भएका उजुरी मध्ये मानाचामल, सम्बन्ध विच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

बैदेशिक रोजगारका कारण समेत घरेलू हिंसा बढ्ने गरेको पाईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरु घरमा रहेकी श्रीमती माथी संका गर्ने गरेको र नेपाल फर्किए पछि घर झगडा गर्ने गरेको घटनाहरु धेरै हुँने गरेको जिल्ला प्रहरी कार्यालय बारा प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

घरेलु हिंसा पछि यौन हिंसा सबै भन्दा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । बारामा दाईजो सम्बन्धी अपराधको न्यून मात्रामा उजुरी पर्ने प्रहरीको भनाई रहेको छ । समाजिक प्रतिष्ठामा आँच आउने डरका कारण प्रहरीमा न्यून संख्यामा उजुरी पर्ने गरेको बताईएको छ ।

घरेलु हिंसाका धेरै उजुरी पर्नुको कारण यँहा महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन नसक्नु रहेको महिला अधिकारकर्मीहरू बताउछन् ।

उनीहरु माथि परिवार र समाज हाबी हुने अधिकारकर्मीहरूको भनाई रहेको छ । महिला माथी हुने हिंसा रोकथाम गर्न सरकार कै तर्फबाट भएका प्रयास कम भएको कतिपयको भनाई छ ।

बहुविवाह र दाईजो लगायतका कुरीति, घरेलु हिंसा र यौन हिंसा कम गर्नका लागि पछिल्लो समय थुप्रै कानुनहरू पनि परिमार्जन गरेर कडा बनाईएका छन् ।

तर, महिलाहरु माथी हुने यस्ता घटनामा कमी आउन नसकेको महिला अधिकारकर्मी गता कँडेलले बताईन् । महिला हिंसा न्युनीकरणका लागि महिलालाई शिक्षा र रोजगारीका अवसर मिलाउन सरकारले पहल गर्न पर्ने र भएका कानुन कार्यान्वयन गर्न सकेपनि हालको अवस्थामा केही परिवर्तन देखिने निजगढ़ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछाने खनालले बताईन् ।

घरेलु हिसांबिरुध आएका निवेदन अन्तरर्गत श्रीमान श्रीमतीसँग सम्बन्धित निवेदन अधिक आउने गरेको पाईएको छ । जाड रक्सि खाने सान्तान कै अगाडी कुटपीट गाली गलौज गर्ने जस्ता निवेदनलाई सहमतीको आधारमा मिलाउने गरिएको भए पनि अन्य प्रवृत्तिका घटनालाई कानुन अनुसार कारवाही गरिएको प्रहरीको दाबी छ ।

समाजमा मदिरा जन्य पदार्थहरू र लागू पदार्थ सेवनका कारण अधिकांश घरेलु हिंसाका घटनाहरू बढेको छ । यस्ता विभिन्न मदिरा जन्य पदार्थविरुद्ध जनचेतना फैलाउन र बिक्री वितरणमा सरकारी निकायबाट नैं प्रतिबन्ध गरिनु आवश्यक देखिएको छ ।

२०७७ चैत्र ३, मंगलवार १६:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय