महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित सहोडवाबाट बेपत्ता भएका झा दम्पत्ती बेपत्ता प्रकरणमा अनुसन्धानको पाटो जटिल बन्दै गएपछि सीआईबीले अनुसन्धान गर्न लागेको छ । घटनाको तिन साता बितेपनि उनीहरु अझै भेटेका छैनन् ।

प्रहरीले ६५ वर्षिय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको खोजबिन तीव्र बनाएपनि अझैसम्म कुनै सुइँको पाउन सकेको छैन । झा दम्पती फागुन ११ गते सोमबार राति घरमै सुतिरहेको अवस्थामा ओछ्यान सहित बेपत्ता भएका थिए ।

झा दम्पति बेपत्ता भएको २३ दिनपछि केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले अनुसन्धान गर्ने बताइएको छ । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) का प्रवक्ता तथा प्रहरी उपरिक्षक गंगा पन्तले झा दम्पतिको बेपत्ता प्रकरणमा प्रारम्भिक अनुसन्धान थालिसकिएको बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई पहिलेदेखि नै सघाईरहेका बताउदैँ उनले भनिन्,‘अब हामी टोली खटाएरै अनुसन्धान थाल्ने छौँ ।’

प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको भएपनि ठोस परिणाम आउन नसकेपछि सीआइबीले आफ्नै टोली खटाएर अनुसन्धान गर्न लागेको हो । पन्तले भनिन्, ‘यो घटनामाथी हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, स्थानीयको माग अनुसार नै हामीले टोली खटाउन लागेका हौँ ।’

यता झा दम्पतिको अवस्था विषयमा अविलम्ब जानकारी गराउन माग गर्दै मैथिल ब्राह्मण युवा महासभा सहित ४४ वटा संघसंस्थाले घटनाको सिआइबीले अनुसन्धान गर्नुपर्ने माग गर्दै आईरहेको थियो ।

उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको बताइएपनि कुनै ठोस सबुत फेला पर्न सकेको छैन् । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो ।

२०७७ चैत्र ४, बुधबार २०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय