जनकपुरधाम : जनकपुर उप -महानगरपालिका- १३ पिराडी चौकमा वरिष्ठ कलाकार स्व.बद्री राउतको श्रद्धाञ्जली सभा प्रदेश भरिका कलाकारहरुको बिच सु- सम्पन्न भएको छ ।

हुक्का लोली समूहद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता बि.एन.पटेलले गर्नु भएको थियो र प्रमुख अतिथि प्रदेश न. २ का आन्तरित तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र कुमार यादवले गर्नु भएको थियो ।

सम्पुर्ण कलाकारहरुद्वारा स्व. राउतको तस्वीरमा फूल माला , अर्पण गरी श्रद्धाञ्जली दिएका थिए । यस कार्यक्रममा मिनापका अध्यक्ष परमेश झा ,बिरेन्द्र कवीरपन्थी, नवराज बास्कोटा,केशव क्षेत्री ,अभिनाश झा, राम पुकार साह,कैशल्या ठाकुर,आदि कलाकारहरु आफ्नो आफ्नो श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

स्व. राउतको तस्वीरमा महिला कलाकार रिणा यादब , ज्योति झा, इशिका भुजेल ,पुष्पा यादव , समिता गिरी, तथा जसपाका प्रेदेश कोषाध्यक्ष रेणु यादवले श्रद्धा सुमन पुष्प अर्पण गरेका थिए।

जितेन्द्र यादव , अरुण विजैया,रोशन यादव, रितेश पाटली , रामेश्वर साह , राम नरायण ठाकुर , राजेश सेक्सेना ,तथा भागचरण यादव लगाइत लाकारहरुको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।

२०७७ चैत्र ४, बुधबार २१:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय