
जनकपुरधाम : परीक्षामा चोर्न चिट बनाउने पाँच व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको भैरब चोकबाट उनीहरुलाई पक्राउ गरेपनि प्रहरीले पहिचान गोप्य राखेको हो ।
पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । फोटोकाँपी गरेर परीक्षार्थी विद्यार्थीका लागि चिट तयार पार्नेहरुलाई अनुगमनको क्रममा पक्राउ गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान भइरहेको र कानून बमोजिम कारबाही गरिने उनको भनाई छ ।