
काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ ।
शुक्रबार राति भएको खेलमा लिड्सले फुलहमलाई २-१ गोलले हराएको हो ।
लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक एक गोल गरे । फुलहमका जोआचिम एण्डरसनले एक गोल फर्काए ।
फुलहमको मैदानमा २९औँ मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।
३८औँ मिनेटमा एण्डरसनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरी गरे । ५८औँ मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।
जितपछि लिड्सले २९ खेलमा ३९ अंक जोडेको छ । लिड्स लिगको ११औँ स्थानमा रहेको छ । फुलहम २६ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।