काठमाडौं : भारतमा कोरोना संक्रमणका कारण मृत्युको संख्या १ लाख ६० हजार भन्दामाथि पुगेको छ ।

पछिल्लो पटक बढ्दै गएको संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ सय ७५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरेको छ ।

भने २४ घण्टामा ४७ हजार २ सय ६२ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा कोरोना संक्रमण भइसकेको छ । अहिले भारतमा दोस्रो लहरको कोरोना भाइरस तीब्र रुपमा फैलिदै गएको छ ।

२०७७ चैत्र १२, बिहीबार ०५:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय