काठमाडौं : नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ।

जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। विहान ९ बजे अस्पतालबाट पार्थिव शरीरलाई याट्खास्थित निवासतर्फ लगिने छ। र, त्यहाँबाट शव पार्टी कार्यालय लगिने बताइएको छ।

मष्तिष्कघातबाट ग्रसित नेता जोशीको शुक्रबार बेलुका उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो। उनी फागुन १४ गते नर्भिक अस्पतालको भेन्टिलेटरमा भर्ना भएका थिए।

आजै बिहान ९.३० बजे कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। कांग्रेसले नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शनिबारका लागि बैठक डाकेको हो।


२०७७ चैत्र १४, शनिबार १०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय