जनकपुरधाम  : नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज केन्द्रिय समितिले मिथिला परिक्रमालाई मध्यनजर गर्दै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा मेलामा आएका श्रद्धालुभक्तजनहरुको लागि निःशुल्क आयुर्वेद शिविर सञ्चालन गरिएको हो ।

शिविरमा नेपाल तथा भारतको १ सय ३३ किलोमिटर दुरी तय गरेर जनकपुरधाम आईपुगेका श्रद्धालुभक्तजनहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित शिविर सञ्चालन गरिएको भुतपपूर्व केन्द्रिय उपाध्यक्ष भोला महतोले जानकारी दिए । मध्यमा मिथिला परिक्रमा अन्तर्गत १३ पडा स्थल पश्चात जनकपुरधामको अन्तरगृह परिक्रमाको क्रममा शिविर सञ्चालन गरिएको महतोको भनाई छ ।

शिविरमा नेपाल आयुर्वेद समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जितेन्द्र झा, केन्द्रिय सदस्य श्यामसुन्दर झा सहितका आयुर्वेद स्वाथ्यकर्मीहरुको सहभागितामा मन्त्रालय गेट अगाडी शिविर सञ्चालन गरिएको हो । शिविरमा सयौं साधुसन्त, आम परिक्रमाबासी नागरिक सहितका व्यक्तिहरुले स्वास्थ्य सेवा लिएका छन् ।

२०७७ चैत्र १५, आईतवार ११:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय