
काठमाडौं : चीनले पठाएको कोरोनाविरुद्धको ८ लाख ‘भेरो सेल’ भ्याक्सिन नेपाल आइपुग्दै
चीनले नेपालका लागि पठाएको कोभिड-१९ विरुद्धको भ्याक्सिन आज साँझ काठमाडौं आइपुग्ने भएको छ। चीन सरकारले नेपाललाई ८ लाख डोज खोप पठाउन लागेको हो।
उक्त खोप लिन नेपाल एअरलाइन्यको वाइडबडी ३३० आइतवार दिउँसो बेइजिङतर्फ लागेको थियो।
चीनले नेपालका लागि उपलब्ध गराउन लागेको भ्याक्सिन सार्स कोभ-२ भ्याक्सिन(भेरो सेल) हो। यो खोप पनि कोभिसिल्ड झैं दुई पटक लगाउनुपर्छ। भेरो सेल सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो।