जनकपुरधाम : भारतको सीतामढीबाट उद्दार गरिएका महोत्तरीका सात जना किशोरी तथा बालिकालाई मनोविमर्शका लागि ओरेक नेपालको सेफ हाउस पठाइएको छ ।

उनीहरुलाई मुम्बई लान खोज्ने गिरोहलाई प्रहरीले खोजी गरिरहेको छ । समाजमा पुर्नःस्थापाना गर्न बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरीले ओरेकलाई काउन्सिलिङका लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जनाए ।

घाँस काट्न घरबाट मंगलबार दिउँसो निस्किकी भंगहा–८ धर्मपुरका २ किशोरी तथा पाँच बालिका सहित सातै जनालाई मानव तस्करको गिरोहले रातारात मुम्बई लग्दै गर्दा भारतीय प्रहरीले सीतामढीस्थित रेल्वे स्टेशनमा फेला परेको थियो ।

११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा र रञ्जना पासवान, १३ वर्षीया ज्योती र रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीय अस्मिता पासवानलाई तस्करले बिक्री गर्न लाँदै गर्दा प्रहरीले उद्दार गरेको थियो । उनीहरु एकै टोलका हुन् ।

ओरक नेपाल महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीका अनुसार बालिका तथा किशोरीहरुलाई पूर्ववतःजीवन शैलीमा फर्काउन प्रयास भइरहेको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

२०७७ चैत्र २०, शुक्रबार ०८:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय