
काठमाडौँ : म्यान्मारमा सैन्य सरकारको ज्यादती अझै रोकिएको छैन । फेब्रुअरीमा शासन सत्ता हातमा लिएपछि संकटकाल घोषणा गरेको सैन्य सरकारले दैनिक बढ्दै गएको प्रदर्शनलाई दबाउन गोली चलाउँदै आएको छ ।
शुक्रबार मात्र यांगुनको नजिक प्रदर्शनकारीहरुमाथि सुरक्षाफौजले गोली चलाउदा कम्तीमा ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (आप) ले शुक्रबार मात्र ८० जनाको सेनाको गोली लागेर मृत्यु भएको दाबी गरेको छ । फेब्रुअरी १ मा भएको सैनिक कू पछि म्यानमारमा अहिले सम्म ७०० जना भन्दा बढीको ज्यान गएको विवरणहरू सार्वजनिक भएका छन् ।