
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा अन्तरगत सोमबार राति सम्पन्न खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ । रोमाञ्चक खेलमा अन्तिम बलमा ५ रन चाहिएको राजस्थानले थप रन जोड्न सकेन र २१७ रनमै सीमित बन्यो ।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले राजस्थान रोयल्ससामु २ सय २१ रनको विशाल प्रस्तुत गरेको थियो । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको थियो ।
खेलमा राजस्थानका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरे । यद्यपी उनले टिमलाई हारबाट भने जोगाउन सकेनन् ।
उत्कृष्ट प्रदर्शन गरेका सञ्जुले ७ छक्का र १२ चौकासहित ११९ रनको योगदान दिए । कप्तानको रुपमा उनले पहिलो खेलमै सतकीय इनिङ खेलेका हन् ।