
विरगंज : पर्साको वीरगञ्जबाट एकजना हुण्डी कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
बीरगञ्ज महानगरपालिका–६ स्थित बाबा होटल नजिकबाट प्रहरीले उनलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ । साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए ।
बीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।