
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्नुभएको हो । यसका साथै उहाँले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासमेत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।