एजेन्सी : कोरोनाभाइरस संक्रमण भएको १४ दिनपछि भारतीय अभिनेत्री आलिया भट्टले कोरोना जितेकी छिन् । उनी स्वयंले यो जानकारी दिएकी हुन् । सामाजिक सन्जाल इन्स्टाग्राममा एक पोस्ट राख्दै आलियाले यो जानकारी दिएकी हुन् ।

उनी अप्रिल महिनाको सुरुवातमा नै कोरोना संक्रमित पाइएकी थिइन् ।

आलियाले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएपछि भारतमा उनका प्रशंसकले यसलाई खुसीका साथ लिएका छन् ।

आलियाभन्दा पहिले रणबीर कपुरको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रणबीरको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आलियाले कोरोना टेस्ट गराएकी थिइन् । अनि उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

आलियाले अब अहिलेको समयमा केही कुरा नेगेटिभ आउनु नै ठिक भएको भन्दै आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएकी हुन् ।

२०७८ बैशाख १, बुधबार १५:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय