
काठमाडौं : गरिब दिन,दुखी,असाय पीडित र मलेसियामा रहेको श्रमिकहरुको हकहितका लागि काम गर्दै आईरहेको समाजिक संस्था ” हेल्प मधेसी मलेसिया ” को केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा युवा समाजसेवी सुरेन्द्र महतो चयन भएको छन् ।
यहि मिति २४ अप्रिल २०२१ सनिवार हेल्प मधेसी मलेसियाले यश कोरोना को महामारी का कारण खुल्ला रूपमा बैठक नभए पनि आधुनिक टेक्नोलोजी प्रविधिको सदुपयोग गरि जूम मिटिङ्ग एप्स मार्फत केन्द्रिय अध्यक्ष दिपक मण्डलको अध्यक्षता मा बैठक को आयोजना गरिएको थियो र सोही बैठक बाट सुरेन्द्र महतो लाई सर्बसहमती बाट निर्बिरोध उपाध्यक्ष पदमा चयन गरिएको छ।
करिब १० बर्ष अगाडि आफ्नो जन्मभूमि छोडेर वैदेशिक रोजगार को शिलशिलामा मलेसिया आएको थियो सोही अनुरुप त्यति बेला देखि नै विभिन्न आरोह अबरोह र समस्या हरु झेल्दै आइरहेको थियो कारण समाजिक संजाल हरु लगायत अन्य टेक्नोलोजी साधन हरु न रहेका कारन नेपाली श्रमिक हरुले भोगेको समस्या हरु सम्बन्धित निकाय सम्म नपुग्ने साथै त्यति बेला संघसंगठनहरु पनि न्यून रहेको कारन आफुले श्रमिक हरुको दुख पीडा नजिक बाट भोगेको महतो ले बताएको छन। मलेसिया आए देखि नै समाज सेवा गर्ने मन्साय लिएको र त्यसपछि विभिन्न संघसंगठन मा आबद्ध भैइ आफुले सके जति सहयोग गर्दै आइरहेको थियो ।
करिब २ बर्ष अगाडि नेपाली मधेसी श्रमिकको हकहित मा काम गर्ने ” हेल्प मधेसी मलेसिया ” नामक संस्थाको नाम सुनी ती संस्थाको सम्पूर्ण कुरा पत्ता लगाई जोहर सेनाई स्थित V.S. कम्पनीमा कार्यरत दिलिप कुमार यादव , अमरेश यादव ,देबेन्द्र यादव ताम्पोई स्थित T..D.K कम्पनीमा कार्यरत वचन जि साह , स्कुडाई स्थित कार्यरत सतिश पाण्डे , YAMUCHI कम्पनीमा कार्यरत दिपेन्द्र महतो र जोहोर को विभिन्न ठाउँको साथीहरू सङ्ग सहकार्य गरि आफ्नो प्रमुख भुमिकामा ” हेल्प मधेसी जोहर कार्यसमिति ” को स्थापना गरि सचिब पदमा काम गर्दै जादा केही दिन पछि अध्यक्ष भैइ काम गर्यो । उक्त अबधिमा नेपालमा भएको गरिब , असाय,पीडित आगलागी पीडित , बाढी पीडित लगायत अन्य अन्य पीडित परिवार हरुलाई सहयोग गरियो साथै यहाँ मलेसियामा पनि पीडित श्रमिक हरुलाई खाद्यान्न लगायत नगद सहयोग गरेको कुरा सर्ब विदित छ साथै समस्यामा फसेको ब्यक्ति हरु लाई नेपाली राजदूताबास सङ्ग समन्वय गरि उद्दार गर्दै आरहेको छ।
यश संस्थाको हिजो भएको मिट्ङ्ग मार्फ्त आफुलाई उपाध्यक्ष पदमा चयन गरेकोमा संस्थामा जुडेका सम्पूर्ण अग्रज सर हरु , साथि भाइ हरुलाई धन्यवाद दिदै हार्दिक आभार प्रकट गरेका छ्न र आफू संस्थाको हकहितमा र श्रमिक हरुलाई सहयोग आवश्यक परेका बेला आफू हरबखत तयार रहने सुरेन्द्र महतोले प्रतिबद्धता गरेका छन।