
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
गएराति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो ।
जितसँगै दिल्ली खेल तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ । दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । त्यसपछि खेलको छिनोफानो सुपर ओभरमा गरिएको हो ।
सुपर ओभरमा हैदराबादले ७ रन बनाएको थियो । जवाफमा दिल्लीले ८ रन जोड्दै विजयी भएको हो । सुपर ओभरमा जानुअघि हैदराबादका केन विलियम्सनले ६६ रनको अर्धशतकीय योगदान गरेका थिए ।