काठमाडौँ : राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि उनको हाल नर्भिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको छ ।

उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।


२०७८ बैशाख २२, बुधबार ०८:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय