काठमाडौँ : प्रदेश २ का प्रमुख डा. राजेश अहिराजले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान निधनले नेपाली सांगीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

शोक सन्देश जारी गर्दै गायक प्रधानको निधनले अत्यन्त मर्माहित एवं दुखित तुल्याएको बताएका छन् ।

दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक उनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०७८ बैशाख २४, शुक्रबार ०६:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय