जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख उदय कुमार बरिबरिया यादवले आफुले प्रयोग गर्ने गाडी एम्बुलेन्सको नाममा प्रयोग गर्ने घोषणा गरेका छन् । विश्वव्यापी कोरोना महामारीको समयमा बिरामीलाई अस्पताल पुर्‍याउन तथा ल्याउन असहज भएको परिस्थितिमा मेयर बरबरियाले आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेको हो ।

भारतीय सिमासंग जोडिएको शहिदनगर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणको दाश्रो लहरमा संक्रमित तथा अन्य सामान्य बिरामीले गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बताए । उनले भने, ‘मैले चढेको गाडी जनताको करबाट नै आएको हो, अहिले जनतालाई काम पर्दा मैले गाडी दिनुपर्छ, भन्ने मनसायका साथ गाडीलाई एम्बुलेन्स बनाए । अस्पताल पुग्न नसक्दा अनाहकमा कसैको ज्यान गुमाउन नपरोस भन्दै म चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने निणर्य गरेको हु ।’

उनले एम्बुलेन्सको आवश्यक परेमा सिधा मेरो मोबाईल नम्बर अथवा गाडी चालकको मोबाईलमा फोन गर्न नगरबासीसँग आग्रह गरे । प्रमुख बरबरियाले आफुसँग सम्पर्क गर्न ९८५४०२९७६९ र चालकको सम्पर्क नम्बर ९८०४८०५४०९ रहेको समेत सार्वजनिक गरे ।
देशकै कान्छो मेयरको रुपमा बिकासशील मेयरको छवी बनाएका शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले कोरोना महामारीमै दिर्घ रोगीलाई निःशुल्क औषधि वितरण गरेको थियो । उनले नगरपालिकामै अक्सिजन सहितको आईसोलेशन समेत भईरहेको जानकारी दिए ।

२०७८ बैशाख २५, शनिबार १९:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय