काठमाडौं : कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि भारतका विभिन्न प्रदेशमा गरिएको लकडाउन र कर्फ्यूका बाबजुद पनि संक्रमण रोकिएको छैन । कोरोना संक्रमण लगातार फैलिइरहेको छ ।

शनिवार भारतभर ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार ४ लाख १ हजार ७८ संक्रमित थपिएका हुन् ।

यसअघि ५ मईमा ४ लाख १२ हजार र ६ मईमा ४ लाख १४ हजार संक्रमित थपिएका थिए ।

केही दिनयता संक्रमितको संख्या घटेपनि मृत्यु हुनेको संख्या बढिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिवार ४ हजार १८७ संक्रमितको मृत्यु भएको छ ।

राजधानी नयाँदिल्लीमा संक्रमण दरमा कमी आएको छ । संक्रमण दर २३.३४ प्रतिशत पुगेको छ । १७ अप्रिलमा संक्रमण दर २४.५६ प्रतिशत थियो ।

२०७८ बैशाख २६, आईतवार ०७:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय