काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी थप ३६ जना मृतकको विवरण समेत गरी आज मात्रै ८८ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितले ज्यान गुमाएका हुन् भने अन्य ३६ जना मृतकको विवरण पनि २४ घण्टामै प्राप्त भएको हो ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमा थप ३६ मृतकको विवरण प्राप्त भएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको विवरण

२०७८ बैशाख २६, आईतवार १८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय