काठमाडौँ : कोरोना भाइरसको संक्रमण बढेपछि ६८ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ६८ जिल्लामा पुगेको छ । त्यसमध्ये ५७ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब ९ जिल्ला मात्र खुला छन् ।

शनिबार साँझसम्म ६८ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा ओखलढुंगा र रसुवा छन् ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

२०७८ बैशाख २७, सोमबार ०६:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय