काठमाडौं : वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो।

त्यस्तै ललितपुरमा चार, भक्तपुरमा तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुईरदुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकमा क्रमशः एकरएक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानाएको छ।

वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३७५ छ। तीमध्ये आइसोलेशनमा दुई हजार ४८१, एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् ।

२०७८ बैशाख २९, बुधबार १६:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय