
काठमाडौं : गैर आवासिय नेपाली संघको सहयोग र नेपाली दुतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगम शनिवार ओमान जाँदैछ । निगमले ६ सय थान अक्सिजन सिलिन्डर लिन ओमानको राजधानी मस्कट जानेछ ।
ओमनबाट फर्केर सोही दिन साँझ चिनको बेईजिङमा संकलित करिब ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्शा सामाग्री लिन जाने तयारी निगमको छ । त्यसपछी हरेक दिन ५ सय ५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिननै वाइडबडी ए३३० बेइजिङ पठाउने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलपौले जानकारी दिएका छन् ।
कोरोना महामारीको दोस्रो चरण आएपछि यतिबेला देशभरी नै अक्सिजनको हाहाकार मच्चिएको छ ।