जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी समेत रहेका जनकपुरधाम कोरोनाको ‘हटस्पट’ बनेको छ ।

संक्रमितको संख्या ह् वात्तै बढेर जनकपुरधाम ‘हटस्पट’ बनेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा बिहीवार धनुषामा मात्रै १९९ कोरोना संक्रमित फेला परेका हुन् । जसमध्ये करिब डेढ सय संक्रमित जनकपुरधाम उपमहानगरकै छन् । धनुषासहित प्रदेश २ मा ५१७ जना थपिएका छन् ।

यस प्रदेशमै सबभन्दा बढी धनुषालाई कोरोनाले क्षति पुर्याउने अवस्था सृजना हुन थालेको छ । जनकपुरधामवासीले विशेष सतर्कता अपनाउने समय आइसकेको छ । हुन त निषेधाज्ञा जारी छ । यद्दपी सर्वसधारण निषेधाज्ञाको पालना नगरी आफै मृत्यूलाई निम्तो दिइरहेका छन् । अहिले स्वास्थ्य मापदण्डको पालना गर्न नसके यहाँका मानिसहरुले पछि ठूलो क्षति व्यहोर्नुपर्ने विज्ञहरुको भनाई छ । कोरोनाको ‘हटस्पट’ बनेका पर्सामा भने संक्रमित घटिने अवस्थामा छ । बिहीवार पर्सामा मात्र ७३ जना थपिएका छन् ।

महोत्तरीमा ८५, सिरहामा ४५, सप्तरीमा ७३, रौतहटमा ७, सर्लाहीमा १० र बारामा १७ संक्रमित फेला परेका छन् । साथै यस प्रदेशमा बस्ने अन्य जिल्लाका ८ जनामा पनि कोरोना पुष्टि भएको छ । यस प्रदेशमा कोरोनाबाट थप चार जनाको मृत्यू भएको छ । पर्साको छिपहरमाई गाउँपालिका ५ का ७२ वर्षीय पुरुष, पकहा मैनपुर गाउँपालिका १ का ७२ वर्षीय पुरुष, वीरगंज महानगरपालिका १३ का ६२ वर्षीय पुरुष र बाराको कलैया उपमहानगर २३ का ५८ र्षीय पुरुषको मृत्यू भएको हो ।

२०७८ बैशाख ३१, शुक्रबार ०८:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय