जनकपुरधाम : जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

२०७८ बैशाख ३१, शुक्रबार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय