काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा सामेल गराउने भन्दै अहिलेलाई पुरानै मन्त्रीहरूलाई नियुक्त गर्नुभएको छ ।

आजै उपप्रधानमन्त्री र राज्य मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गएको सोमवार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिनुभएको थियो । तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुभएन भने फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधि सभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । तर धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधि चुनावमा जान्छ ।

कोको भए मन्त्री ?

ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय

रामबहादुर थापा बादल, गृह

टोपबहादुर रायमाझी, उर्जा

विष्णु पौडेल, अर्थ

प्रदिप ज्ञवाली, परराष्ट्र

हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति

कृष्णगोपाल श्रेष्ठ, शिक्षा

प्रभु साह, सहरी विकास

भानभुक्त ढकाल, पर्यटन

मणिचन्द्र थापा, खानेपानी

पद्मा अर्याल, कृषि

बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

गौरीशंकर चौधरी, श्रम, रोजगार

पार्वत गुरुङ, सञ्चार

शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

लिलानाथ श्रेष्ठ, कानून

गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

प्रेमबहादुर आले, वन

जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

दावा लामा तामाङ, युवा तथा खेलकुद

२०७८ बैशाख ३१, शुक्रबार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय