लहान : सिरहाको औरही गाउँपालिका १ हरकट्टीदेखि पोखरीया जाने क्रममा मोटरसाइकलमा सल बेरिँदा एक महिलाको मृत्यू भएको छ । स १० प ४५२२ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यू भएको हो ।

मोटरसाइकलको चक्कामा सल बेरिँदा घाँटी थिचिएर महिलाको मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ । मृतक महिलाको भने पहिचान खुल्न सकेका छैन । महिलाको साथमा बच्चा पनि मोटरसाइकलमा सवार थिए । तर बच्चा भने सुरक्षित रहेको बताइएको छ ।

२०७८ जेष्ठ १, शनिबार १४:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय