
काठमाडौं : ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याएको हो ।
शनिबार बिहान मस्कट उडेको जहाजले साँझ अक्सिजन सिलिन्डर बोकेर ल्याएको हो । मस्कटबाट आएका सबै सिलिन्डर सहयोग स्वरुप आएको हो ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा प्राप्त सिलिन्डर निगमको वाइड बडी जहाज ए ३३० मार्फत साँझ काठमाडौँ ल्याइएको हो ।